
मार्खुः
त्रिभुवन राजपथ हुँदै पुगिने इन्द्रसरोवर महाभारत श्रृंखलामा पर्ने नेपालको एकमात्रै पहाडी उपत्यका हो । राजधानीसंग जोडिएर सडक सञ्जालले छोएको यस गाउँपालिका अन्तर्गत पर्ने ईन्द्रसरोवरमा हिमपातको वेला सिम भञ्ज्याङ, दामन, टिस्टुङ, पालुङ र चित्लाङ लगायतका क्षेत्रमा घुमेर इन्द्रसरोवर हेर्न विभिन्न जिल्लाबाट यहाँ आउनेको संख्या धेरै हुन्छ । साविकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविसलाई समेटेर इन्द्रसरोवर गाउँपालिकाको नामाकरण गरिएको हो ।
यहाँ अवस्थित मानव निर्मित तालको सञ्चित पानीबाट कुलेखानी पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ मेगावाट विद्यूत उत्पादन भइरहेको छ भने तेस्रो आयोजना निर्माणाधीन अवस्थामा छ । कुलेखानीको जलाशय हेर्नका लागि आन्तरिक मात्रै नभएर बाहृय पर्यटकमा पनि आउने गरेका छन् । कोरोना महामारीसँगैको लकडाउनले भने अहिले यस क्षेत्रमा पर्यटक आवगमन शून्य छ । इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यो जलाशय माछाका लागि पनि प्रसिद्ध छ ।
मार्खु स्थित बोरोपिट सामुदायिक वनको क्षेत्रमा रहेको बोरोपिट पिकनिक स्पट पर्यटकको रोजाइमा पर्ने अर्को क्षेत्र हो । प्राकृतिको मनमोहक दृश्यसँगै यहाँ अवस्थित राणाकालीन दरबारहरु पर्यटकीय गन्तव्य पनि बनेका छन् । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको ऐतिहासिक दरबार मार्खु बजारको बीचमा छ । घोडामा राजा र राणाहरु चित्लाङको बाटो भएर तराई आउँदा जाँदा बस्नका लागि यो दरबारको निर्माण गरिएको थियो । अहिले यो दरबार विद्युत प्राधिकरणले आफ्ना पाहुना राख्न प्रयोग गर्दै आएको छ ।
बजार क्षेत्रबाट १ दिनलाई शान्त वातावरणमा रमाउन चाहने जो-कोहीका लागि पनि हाइकिङका लागि मार्खु मकवानपुर र काठमाडौं जिल्लाका लागि मुख्य गन्तव्य स्थल मानिन्छ । वरिपरि हराभरा बनजंगल अनि बिचमा शान्त मानव ताल ।
समयः २–३ घण्टा (बल्खु चोकबाट)
रुटः काठमाडौंको बल्खुचोकबाट दक्षिणकाली हुदै कुलेखानी मार्खु पुग्न सकिन्छ ।
मुख्य आकर्षणः हरियाली घना वनजंगलको बिचमा अवस्थित शान्त मानव निर्मित ताल हेर्न मिल्ने ।
बजेटः प्रति व्यक्ति हजार रुपैयाँ जम्मा गरेर ड्राइ फुडहरु आफै बोकेर जादा राम्रो हुन्छ । यदि आफूले ड्राइ आइटमहरु नबोक्ने भए सोही तालको गेट नजिकै रेष्टुराहरुको सञ्चालनमा छन् । (प्रति व्यक्ति २५००-३५०० सम्म जम्मा गरे १ दिन लाई विहान गएर साँझ फर्किनसम्मलाई पुग्छ)
भिडियोः
फोटोः ekantipur.com
Appreciation to my father who shared with me about this webpage, this web site is truly awesome. Joya Yorgos Zeiger
This paragraph will help the internet visitors for setting up new blog or even a weblog from start to end. Gwendolin Rip Tawsha
There is definately a great deal to find out about this topic. I like all of the points you made. Abigael Adamo Lodmilla
You made some good points there. I looked on the internet for the issue and found most people will go along with with your site. Verene Lewes Rahm
I visit each day a few sites and information sites to read content, except this website provides feature based articles. Filia Kendrick Teriann
Some really fantastic blog posts on this website , thanks for contribution. Libbi Vlad Trinatte
We specialize in legal degrees from USA universities. Apostle/Notarization/Embassy legalization. Catherine Kayne East
I blog often and I seriously thank you for your content. Oneida Harald Eudocia