
सातदोबाटो ढुंगेबगैचा रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३ मा अबस्थित छ । रोल्पाको लिबाङ बजारबाट दक्षिण तर्फ करिब मोटरसाइकलबाट १५ मिनेट र बसबाट करिब ३० मिनेटमा पुग्न सकिन्छ । सुन्दर प्रकृतिको मनोरम दृश्य लगायत विभिन्न हिमालहरु देखिने सातदोबाटोको सौन्दर्य अटुलनीय छ । पर्यटकीय सम्भावना प्रचुर रहेको रोल्पा जिल्लाको घुम्नै पर्ने स्थान मध्ये एक हो सातदोबाटो ढुंगेबगैचा ।
हरियाली वन जंगल अनि सदरमुकाम लिवाङदेखि अग्लो स्थानमा अवस्थित यो स्थान ढुंगे बगैचाको रुपमा विकास भएसंगै सर्वसाधारणहरुको
घुइचो हुने गरेको छ । सो ढुंगे बगैचा निर्माण तथा संरक्षणमा रोल्पा नगरपालिका अग्रसर रहेको छ ।
बजार क्षेत्रबाट केही समयलाई अथवा केही दिनलाई शान्त वातावरणमा रमाउन चाहने जोकोहीका लागि पनि हाइकिङका लागि सातदोबाटो ढुंगेबगैचा रोल्पा सदरमुकाम लिवाङ लगायत सुलिचौरवासीका लागि मुख्य गन्तव्य स्थल मानिन्छ । वरिपरि हराभरा बनजंगल अनि बिचमा शान्त अनि अग्लो पहाड ।
समयः १५–३० मिनेट (लिवाङ बजारबाट) भने सुलिचौरबाट ४५ मिनेटमा सातदोवाटो पुग्न सकिन्छ ।
रुटः लिवाङ बजार -भदौरे -सातदोवाटो हुँदै ढुंगे बगैचा पुग्न सकिन्छ ।
मुख्य आकर्षणः हरियाली घना वनजंगलको बिचमा अवस्थित शान्त वातावरणमा रमणिय दृश्यहरु हेर्न सकिने।
बजेटः ड्राइ फुडका लागि प्रति व्यक्ति हजार रुपैयाँ जम्मा गरेर आफै बोकेर जादा राम्रो हुन्छ । यदि आफूले ड्राइ आइटमहरु नबोक्ने भए सोही बगैचा पुग्नुभन्दा मुनि अवस्थित बजारबाट किनेमेल गर्न सकिन्छ । (प्रति व्यक्ति १०००-१५०० सम्म जम्मा गरे १ दिन लाई विहान गएर साँझ फर्किन सम्मलाई पुग्छ ।)
भिडियोः