
- ज्यामिरे दहः
ज्यामिरे दह सदरमुकाम घोराहीदेखि करिव ५ कि.मि. उत्तरी पश्चिममा अवस्थित बाह्रकुने तालबाट १.५ कि.मि. पश्चिममा अवस्थित यस प्राकृतिक दह करिव पाँच विगाह क्षेत्रफलमा फैलिएको यस तालको जलाशय भने सानो ठाउँमा सीमित छ । हाल यस क्षेत्रमा दहलाई बाढी र पहिरोवाट जोगाउनका लागि तार जालीमा ढुंगा भरेर पर्खाल लगाउने काम भएको छ । यो दह सामुदायिक वन क्षेत्रमा रहेको छ । भू-क्षय बाढी पहिरो र पहाडी भूभागबाट बगाएर ल्याएको कंक्रिट बलौटे माटोले पुरेको अवस्थामा रहेको यस दहलाई अहिले पर्यटकिय स्थल र १ दिनका लागि घुम्न लायक स्थल बनाउन स्थानीयहरु लागि परेका छन् । चारै तिर पहाडले घेरेर बनेको र दहको पानीले गल्छी निर्माण समेत भएको ज्यामीरे दह संरक्षणको खोजिमा रहेको छ । ९० सालभन्दा पछि सेवार गाउँ वरपर मानव बस्तीको विकास हुन थालेपछि सिंचाईको प्रयोजनमा दहको पानी प्रयोगमा आउन थालेपछि दहमा पानीको सतह सुक्दै जान थालेको हो । वन जंगलको विनास र भू–क्षयको कारण दहको वरपर पैरो जाँदा दिनप्रतिदिन दहको स्वरुप बदलिदै अहिलेको अवस्थामा आएको हो । अहिले दह संरक्षण गर्नका लागि बराह क्षेत्र संरक्षण समिति बनेको छ ।
१ दिने पिकनिकका लागि यो स्थान अति उत्तम मानिन्छ ।
बजार क्षेत्रबाट १ दिनलाई शान्त वातावरणमा रमाउन चाहने जोकोहीका लागि पनि हाइकिङका लागि बाह्रकुने दह दाङ जिल्लाका लागि मुख्य गन्तव्य स्थल मानिन्छ । वरिपरि हराभरा बनजंगल अनि बिचमा शान्त ताल ।
समयः १–२ पैदल (घोराही बजारबाट)
रुटः घोराही बजारको त्रिभुवन पार्क-नयाँबसपार्क पुल-डुम्बरगाउँ-बाह्रकुने ताल हुँदै ज्यामिरे दह पुग्न सकिन्छ ।
मुख्य आकर्षणः हरियाली घना वनजंगलको बिचमा अवस्थित शान्त ताल हेर्न मिल्ने ।
बजेटः प्रति व्यक्ति हजार रुपैयाँ जम्मा गरेर ड्राइ फुडहरु आफै बोकेर जाँदा राम्रो हुन्छ । नजिक आसपासमा पसल/होटेलहरु नभएकाले आफूलाई आवश्यक खाद्य पदार्थहरु आफै बोक्न उत्तम हुन्छ ।