हाइकिङः दाङ जिल्लाको पर्यटकिय स्थल बाह्रकुने ताल

हाइकिङः दाङ जिल्लाको पर्यटकिय स्थल बाह्रकुने ताल

बाह्रकुने तालः

यो ताल दाङ जिल्लाको घोराही नगरपालिका वडा नं. ७ मा अबस्थित छ । घोराही बजारबाट उत्तर पश्चिमतर्फ करिब मोटरसाइकल/गाडीबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ । यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम “बाह्रकुने ताल” रहन गएको भनाइ छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अटुलनीय छ । पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेल परेको यो ताल राप्ती अञ्चल कै एउटा नमुना ताल हो ।

९० सालभन्दा पछि सेवार गाउँ वरपर मानव बस्तीको विकास हुन थालेपछि सिंचाईको प्रयोजनमा दहको पानी प्रयोगमा आउन थालेपछि दहमा पानीको सतह सुक्दै जान थालेको हो । वन जंगलको विनास र भू–क्षयको कारण दहको वरपर पैरो जाँदा दिनप्रतिदिन दहको स्वरुप बदलिदै अहिलेको अवस्थामा आएको हो । अहिले दह संरक्षण गर्नका लागि बराह क्षेत्र संरक्षण समिति बनेको छ । 

यो धार्मिक एवम पबित्र स्थल पनि हो । खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ स्रदालु र भक्तजनहरुको ठुलो मेला लाग्ने गर्दछ । माघे संक्रान्तिको समयमा मेलाको लागि सुविधा दिन समितिले विभिन्न कार्यहरु पनि गर्दै आएको छ ।

बजार क्षेत्रबाट १ दिनलाई शान्त वातावरणमा रमाउन चाहने जोकोहीका लागि पनि हाइकिङका लागि बाह्रकुने दह दाङ जिल्लाका लागि मुख्य गन्तव्य स्थल मानिन्छ । वरिपरि हराभरा बनजंगल अनि बिचमा शान्त ताल ।

समयः १५–२० मिनेट (घोराही बजारबाट)

रुटः  घोराही बजारको त्रिभुवन पार्क-नयाँबसपार्क पुल-डुम्बरगाउँ हुदै बाह्रकुने ताल पुग्न सकिन्छ  ।

मुख्य आकर्षणः हरियाली घना वनजंगलको बिचमा अवस्थित शान्त ताल हेर्न मिल्ने ।

बजेटः प्रति व्यक्ति हजार रुपैयाँ जम्मा गरेर ड्राइ फुडहरु आफै बोकेर जादा राम्रो हुन्छ । यदि आफूले ड्राइ आइटमहरु नबोक्ने भए सोही तालको गेट नजिकै रेष्टुराहरुको सञ्चालनमा छन् । (प्रति व्यक्ति १०००-१५०० सम्म जम्मा गरे १ दिन लाई विहान गएर साँझ फर्किनसम्मलाई पुग्छ)

 

 

1,742 पटक पढिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *