हाइकिङः नगरकोट

हाइकिङः नगरकोट

नगरकोट हाइकिङः
 

अधिकतम उचाइः २१७५ मिटर
हाइकिङ दूरीः २७.४ कि.मि.
नगरकोट काठमाडौंदेखि पूर्वतर्फ २५ किलोमिटरको दूरीमा पर्दछ । नगरकोटबाट सूर्य उदाउँदा र अस्ताउँदाको सुन्दर दृश्य देखिने भएकोले यो आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइँमा पर्ने गन्तव्य हो । साथै हाइकिङका लागि पनि नगरकोट मुख्य गन्तव्य स्थल मानिन्छ । नगरकोटमा रहेका हरियाली जंगल र भ्यू टावर यहाँका मुख्य आकर्षण स्थान हुन् । यहाँबाट देखिने वरपरको हिमाल र डाडाँकाडाँले मान्छेको मन लोभ्याउने गर्छ ।

नगरकोटमा व्यक्तिगत तथा सार्वजनिक यातायातमार्फत एकदिनको यात्रा गर्न सकिन्छ भने बास बस्नेहरूका लागि रिसोर्ट तथा आरामदायी होटेलहरू पनि उपलव्ध छन् । छोटो दूरीमा प्राकृतिक सुन्दरता, शान्त वातावरण, सुन्दर डाँडाकाडा हेर्दै यात्रा गर्न रुचाउनेहरूका लागि नगरकोट पहिलो रोजाइँ हो । काठमाडौंबाट छोरी दूरीमा रहेको सुन्दर स्थानका रूपमा चिनिन्छ नगरकोट त्यसैले हरेको मान्छेको रोजाइँ पनि बनेको छ ।

समयः १ः00–१ः३० घण्टा (काठमाडौंबाट)

रुटः  कोतेश्वर-सल्लाघारी-व्यासी-कमलविनायक-तेलकोट हुदै नगरकोट पुग्न सकिन्छ  ।

मुख्य आकर्षणः Sun Rise र Sun Set हेर्न मिल्ने स्थान, घना जंगल र टाकुराबाट हिमालहरुको दृश्यावलोकन गर्ने अवसर, खेतका फाँट र पहाडी हरियाली, गाउँबस्ती ।

बजेटः प्रति व्यक्ति हजार रुपैयाँ (१ दिन लाई विहान गएर साँझ फर्किन)

विकल्पः सोही रुट प्रयोग नगर्ने भए  वैकल्पिक बाटोको रुपमा नगरकोट-पालुवारी-साँखु सडकखण्ड हुदै फर्किन पनि सकिन्छ ।

1,293 पटक पढिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *