
अधिकतम उचाइः २,७६५ मिटर
हाइकिङ दूरीः १८ किमि
समयः २-३ घण्टा
रुटः ललितपुर सातदोवाटो-गोदावारी देखि उकालो ।
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थानमा रहेको छ । फुलचोकी । फुलचोकी हाइकिङ जो–कोही जान सक्दैनन् । जसले गर्दा यसलाई ‘टफ ट्रेल’ मानिन्छ । एकान्त र गाह्रो हुने भएकाले तुलनात्मक रूपमा यहाँ हाइकिङ जाने कम हुन्छन् । गोदावरीबाट हाइकिङ ट्रेल सुुरु हुन्छ र फर्किंदा पनि सोही रुट प्रयोग गरिन्छ । त्यहाँ विभिन्न प्रजातिका सुनाखरी र गुराँसका वन भेटिन्छ । हिउँदमा हिउँ खेल्न जाने ठाउँको रूपमा पनि चर्चित छ, फुलचोकी । फुलचोकी डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनासलु तथा अन्नपूर्ण हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । फुलचोकी हाइकिङका साथै जाडो मौसममा हिउँ पर्ने भएकाले पनि मान्छेको रोजाइँमा पर्ने गरेको छ । जाडो सुरु भएसँगै काठमाडौं बस्नेहरूका लागि फुलचोकीमा कहिले हिउँ पर्ला र हिउँ खेल्न जाउँला भन्ने हुन्छ । काठमाडौंका मान्छेका लागि हिउँ खेलेर रमाइलो गर्ने नजिकको गन्तव्य हो फुलचोकी । त्यहाँ बर्सेनि हजारौँ मान्छेले हिउँको आनन्द लिने गर्छन् ।