प्रकृतिसंग नजिक चाहने एउटा समूह हो "घुमन्ते यात्री" । हामी घुम्ने क्रममा संसारभर कुनै पनि स्थानहरुमा घुम्छौ नि त्यसलाई जस्ताको त्यस्तै भिडियो, फोटो अथवा शब्दका माध्यमबाट यो सञ्जालमा पस्कने अठोट छ हाम्रो ।
घर मेरो ५ नं. प्रदेश अन्तर्गत रोल्पा जिल्ला । काठमाडौं बसाईलाई अलि सहज अनि साँझ विहानको छाक टार्न सानोटिनो जागिर नि गर्छु । समयले साथ दिएसम्म अत्यन्तै घुम्न रुचाउँछु । सोही घुम्ने क्रममा देखेका भोगेका तिता अनि मिठा क्षणहरुलाई पस्कने प्रयासमा छु ।